‘गाजलु’ मा लजालु अनमोल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार ११:२४

anmolलजालु स्वभाबका यूवा पुस्ताका चर्चित नायक अनमोल केसी हेमराज वीसीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘गाजलु’ मा पक्का भएका छन् । ‘होस्टेल’ र ‘जेरी’मा एकसाथ काम गरेका अनमोल र हेमराज पुन ‘गाजलु’ बाट कमब्याक गर्न लागेका हुन् । यस अघि चलचित्र ‘ग्याङस्टार ब्लुज’ मा अनमोललाई देखाउने तयारी गरेका हेमराज अब चलचित्र ‘गाजलु’ तर्फ मोडिएका छन् । स्रोतले बताए अनुसार हेमराजले चलचित्र ‘गाजलु’ निर्देशन गरेपछि मात्र चलचित्र ‘ग्याङस्टार ब्लुज’ तर्फ लाग्ने बताइएको छ । अनमोललाई चलचित्र ‘गाजलु’ का लागि नयाँ हिरोइन खोजिदै छ । चलचित्र ‘होस्टेल’ र ‘जेरी’मा अभिनय गरेपछि यति बेला अनमोलको क्रेज यूवा पुस्तामाझ निकै राम्रो देखिएको छ । केहि दिन अगाडी मात्र अनमोलले आफ्नै पिता भुवन केसीले निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘ड्रिम्स’को छायांकन सकाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१