इजरायल सरकारले महिला कामदार लैजाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार ११:२०

ijrayalकाठमाडौं, २१ साउन । ५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ। वाषिर्क १४ हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ) भन्दा बढी कमाइ गर्न सक्ने र कामदार सुरक्षित रहने हुनाले इजरायल नेपालीको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्ने छ। अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् । कामदारहरूको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर, उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१