ओलम्पिक कमिटिलाई निर्वाचन नगर्न आदेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १०:५०

पुनरावेदन अदालत पाटनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिलाई आज गर्न लागेको निर्वाचन नगर्न आदेश दिएको छ । दावा गुरुङ्ग नेतृत्वको कराते महासंघ र नेपाल र्‍याफटिङ्ग एण्ड क्यानोइङ्ग संघले दिएको निवेदन उपर न्यायाधीश पदमराज भट्टको एकल इजलाशले अर्को आदेश नभएसम्मका लागि साधारणसभा नगर्न ओलम्पिक कमिटिको नाममा अन्तरिम आदेश दिएको हो । साथै विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेशमा भनिएको nepal olamछ । आफूहरुलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गरिएको भन्दै उनीहरुले पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । यसअघि कुश्ती संघका अध्यक्ष नारायणदेव राणाले पनि साधारण सभा रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनको रिटमा पनि अदालतले निर्वाचन रोक्न आदेश दिएको थियो । यसैबीच, अदालतको पछिल्लो आदेशपछि ओलम्पिक कमिटि भोलिको साधारणसभाका बारेमा निर्णय गर्न आन्तरिक छलफलमा जुटेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रतिनिधि हैदर फरमान आज साँझसम्म काठमाण्डौ आइपुग्ने र उनैको सल्लाह बमोजिम साधारण सभा स्थगित वा सञ्चालन हुने ओलम्पिक कमिटि स्रोतले बतायो । ओलम्पिक कमिटिले मान्यता प्रदान गरे साधारणसभा गराउने पक्षमा ओलम्पिक कमिटिका पदाधिकारीहरु छन् । अध्यक्ष ध्रुवबहादुर प्रधानले पद छोड्ने भएकाले वर्तमान महासचिव जीवनराम श्रेष्ठको नेतृत्वमा ओलम्पिक कमिटि अघि बढ्ने लगभग पक्का छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१