छिनेको हात जोडिएपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १०:३६

manकाठमाडौं, २१ साउन । खोटाङका एक व्यक्तिको छिनेको हात जोडिएको छ । खोटाङका ३४ वर्षका चरित्रकुमार तामाङको छिनेको हात शल्यक्रियापछि जोडिएको उनको उपचारमा संलग्न काठमाडौंको ग्रान्डी अस्पतालका चिकित्शकले बताएका छन् । तामाङको तेब्रे हात गएको बुधबार घरायसी झगडाको क्रम परिवारका सदस्यले प्रहार गरेको खुकुरीले लागेर छिनेको थियो । तामाङको छिनेको हात जोङ्न डाक्टरहरूलाई १० घन्टा लागेको अस्पतालले जनाएको छ। शल्यक्रियामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा.उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा.जयन मान श्रेष्ठ र डा.ज्योती रायमाझी, अर्थोपेडिक सर्जन डा.भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा.मुरारी राज उप्रेती र डा.अर्चन अधिकारी सहभागी थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१