प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि के हामी चाहिँ हेरेर बस्ने : गृहमन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १६:५५

काठमाडौं, २० साउन । गृहमन्त्री बामदेव गौतमले मंगलबार अधिकार माग्दै दलित संघर्ष समितिले गरेको प्रर्दशनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको बताएका छन् । मंगलबार दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै संसदमा चर्को विरोध भएपछि सभामुख सुवास नेम्वाङले सरकारकोतर्फबाट गृहमन्त्रीलाई सो विषयमा जवाफ दिन रुलिङ गरेका थिए ।

bamdevबुधबार बसेको संसदको बैठकमा सो विषयमा जवाफ दिँदै गृहमन्त्री गौतमले मंगलबार भएको प्रदर्शनका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको जवाफ संसदमा दिए । ‘दलित संघर्ष समिति र दलित अधिकारकर्मीले सार्वजनिक सडकमा सर्वसाधरणको आवागमनमा अबरोध गर्दा त्यसो नगर्न प्रहरीले पटक पटक आग्रह गरेको थियो’ उनले भने-‘तर, उल्टै सार्वजनिक सवारी साधनमा ढुंगामुढा गरेर प्रहरीमाथि नै जाइलाग्दा दुःखद घटना हुन पुग्यो ।’

मन्त्री गौतमले घटनामा घाइते भएका दलित सभासद र अधिकारकर्मीको उपचार गर्ने बताएका छन् । उनले बिजुलीबजारमा भएको घटनाबारे छानविन गर्ने र घटनाको भिडियो सदनमा पेश गर्ने बताए । मंगलबार विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१