काठमाडौं, २० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जापानको सर्वोच्च शिखर फुजीमा आरोहण गर्न जाने नेपाली अल्ट्रा धावक सञ्जय पण्डितलाई बुधबार नेपालको झन्डा हस्तान्तरण गरे। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा (एमाले)का अध्यक्ष ओलीले पण्डितलाई सफलताको शुभकामना दिँदै नेपालको झन्डा हस्तान्तरण गरेका हुन्।
अल्टा धावक पण्डितले यही साउन २२ देखि २७ गतेसम्म जापानको सर्वोच्च शिखर फुजीको आरोहण गर्ने जानकारी दिए।
सात महादेशमा छ महादेशको सर्वोच्च हिमालको आरोहण गरिसक्नुभएको पण्डितले अब अन्टार्कटिका महादेशको भिन्सन मसिफ शिखरमात्र आरोहण गर्न बाँकी रहेको बताए। उनले जापानबाट फर्र्किएलगत्तै त्यसको तयारीमा लाग्ने जानकारी दिए। धावक पण्डितले नेपाल सरकारसहित विभिन्न सङ्घसंस्थाको हिमाल चढ्नका लागि आर्थिक सहयोग गरेको जानकारी दिए। पण्डितले अहिलेसम्म दुई हजार ४९५ किमी दौडी सक्नुभएको छ। धावक पण्डित भोलि त्यसतर्फ प्रस्थान गर्दै छन्। रासस
प्रतिक्रिया