बझाङमा युवा समाज गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १५:१२

सम्राट सिंह
बझाङ, २० साउन । विकट हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुरमा चैनपुर युवा समाज गठन भएको छ । सदरमुकाम चैनपुर तथा जिल्लाको विकास निर्माणमा सहयोग पु¥याउने,समाजमा हुने गरेका अन्याय, अत्याचार र भष्ट्राचारीलाई खबरदारी गर्ने उद्घेश्यले युवा समाज गठन गरेको हो । सदरमुकाम चैनपुरको खुलामञ्चमा बुधबार बयबृद्घ भुन्टु कामीको अध्यक्षतामा सयौ युवाहरुको भेला भई १३ सदस्यीय युवा समाज र ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको चैनपुरका युवा राकेस विकले बताए । उनले भने युवा समाजले समाजमा हुने गरेका हरेक सकारात्मक काममा सहयोग गर्ने र बिकृति,बिसंगती का बिरुद्घ आवाज उठाउने छौ ।
खुलामञ्चमा गठन भएको चैनपुर युवा समाजको अध्यक्षमा निरन राम जोशी,उपाध्याक्षमा कुबेर विक,सचिवमा शंकर रसाईली, कोषाध्याक्षमा कमला बिष्ट,सह सचिवमा दिवस स्नेही लगायत ८ जना सदस्य रहेका छन भने दल बहादुर बिष्टको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति रहेको छ । सदरमुकाम चैनपुरमा छरिएर रहेका युवाहरुलाई एकबद्घ गरी बझाङ जिल्लाको विकास निर्माणमा लगाउने र सुन्दर चैनपुर तथा सुन्दर बझाङ जिल्ला बनाउन युवा समाजले महत्वपूर्ण भुमिका खेल्ने चैनपुर युवा समाजका अध्यक्ष निरन राम जोशीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१