पावरप्वाइन्ट वर्ल्ड च्याम्पियनसीपमा नेपालीले पनि प्रतिनिधित्व गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १३:५४

micropointकाठमाडौं, २० साउन । कक्षा १० मा अध्ययनरत आरम्भ निरौलाले अमेरिकाको टेक्सासमा हुने ‘माइक्रोसफ्ट पावरप्वाइन्ट वर्ल्ड च्याम्पियनसीप’ मा नेपालबाट उत्कृष्ट हुँदै प्रतिनिधित्व गर्ने भएका छन् । यही साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि झन्डै पाँच हजार प्रतिस्पर्धीलाई निरौलाले उछिनेका हुन् । कुलेश्वर आवास माविले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक मेघराज दुलालले कक्षा १० का १४ वर्षीय विद्यार्थी निरौलाले तीन महिनाअघि नै नेपाल उत्कृष्ट गरे पनि भूकम्पका कारण विद्यालय पूर्णक्षतिग्रस्त भएकाले सो समाचार बाहिर ल्याउन नसकिएको बताए । निरौलाले एक हजार पूर्णाङ्कमा शत प्रतिशत अङ्क ल्याएका थिए । अमेरिकास्थित माइक्रोसफ्ट कम्पनीले तोकिदिएको माइक्रोसफ्ट पावरप्वाइन्टमा कार्यपत्रको प्रारुप तयार पार्नुपर्नेमा निरौलाले सबैभन्दा छोटो अवधिमा तयार पारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१