औजारमा छुट दिन्छौं : मन्त्री बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १३:२६

maheshरुपन्देही, २० साउन । उद्योग मन्त्री महेश बस्नेतले संविधान निर्माण पछिको आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विनाशकारी भूकम्पका कारण उद्योग क्षेत्रमा १७ अर्बको क्षति भएको उल्लेख गर्दै त्यस्ता क्षतिभएका उद्योगहरुलाई विभिन्न शीर्षकमा अनुदान दिईने बताए। संविधान जारी भएपछि भूकम्पबाट क्षति भएका उद्योगहरुको पूनर्निर्माण र पूनसञ्चालन गर्दै आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने तयारी गरिएको बताए। ‘भूकम्पका कारण डेढ सय बढी उद्योगहरुमा १७ अर्ब बढिको क्षति भएको छ त्यस्ता उद्योगहरुलाई सहुलियत व्याजमा ऋण दिने व्यवस्था सँगै उद्योग सञ्चालनको लागि आवश्यक मेसिन, औजार, कच्चा पदार्थ लगायतको भन्सारमा पनि छुट दिने व्यवस्था गरिने छ’, मन्त्री बस्नेतले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१