भूमिसम्बन्धी प्रतिवेदन पेस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १३:११
????????????????????????????????????
????????????????????????????????????

काठमाडौं, २० साउन । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा भूमिसम्बन्धी (छैटौँ संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२ पेस भएको छ । कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले सो प्रतिवेदन पेस गरेका हुन् । बैठकमा विधायन समितिको प्रतिवेदन सहितको केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने विधेयक २०७१ माथिको छलफल तथा सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव भने एकीकृत नेकपा (माओवादी) को बहिष्कारका कारण पारित हुन सकेन ।

यस अघि अर्थमन्त्री डा.रामशरण महतले विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि भएको भएको सैद्धान्तिक छलफलमा केही सांसदले बोलिसकेपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बजेट निर्माण प्रक्रियामा शान्ति प्रक्रियाको पाटोलाई बिर्सिएको, भूकम्पपछिको अवस्थालाई सामना गर्न एकताबद्ध हुनुपर्नेमा बेवास्ता गरिएको र जिल्लास्तरबाट सिफारिस भएका आयोजनालाई पन्छाइएको आरोप लगाएका थिए । सो दलका सदस्य बाहिरिएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१