अश्लिल पुस्तक खरिद गरे ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १२:३३

bookइन्टरनेटमार्फत अश्लिल पुस्तक पढ्ने नागरिकलाई नियन्त्रण गर्न जर्मन सरकारले नयाँ कानुन अघि सारेको छ । जसअनुसार आइन्दा रातिको १० बज्नुअघि कसैले पनि इन्टरनेटबाट अश्लिल पुस्तक खरिद वा डाउनलोड गर्न पाइने छैन । ‘युवा मिडिया कानुन’ को खिलाफ कसैले अश्लिल पुस्तक खरिद गरेमा वा डाउनलोड गरेमा ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने हुन्छ । जर्मन सरकारले अश्लिल साहित्यमाथि बालबालिकाको पहुँच नहोस् भन्ने हेतुले यसो गरिएको जनाएको छ । सरकारका अनुसार त्यस्ता साहित्य राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र डाउनलोड गर्न सकिनेछ । उसले बिक्रेतालाई पनि बालबालिकाको पहुँच नपुग्ने साइटमा त्यस्ता साहित्य र पुस्तक राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१