एबीडि भिलियर्स टिममा फर्किने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार ११:५१

temएजेन्सी । साउथ अफ्रिकाले अर्को महिना न्युजिल्याण्डविरुद्ध खेल्ने ट्वान्टी ट्वान्टी र वान डे सिरिजका लागि स्टार खेलाडी एबीडि भिलियर्स टिममा फर्किने भएका छन् । पहिलो बच्चा जन्मेका बेला श्रीमतीसँग रहेका भिलियर्स हालै बंगलादेशविरुद्धको टेस्टमा सहभागी भएका थिएनन् । केही समयको विश्रामपछि भिलियर्स खेलमा फर्किन लागेका हुन् । उता, अलराउण्डर जेपी डुमेनी र फास्ट बलर मोर्ने मोर्केल भने न्युजिल्याण्डविरुद्धको ट्वान्टी ट्वान्टीका लागि मात्र खेलमा फर्किने भएका छन् । पारिवारिक कारणले दुवै खेलाडीले वान डेमा सहभागिता नजनाउने भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१