एक लिटर इन्धनमा ३३ सय किलोमिटर कुद्ने कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १५:०३

(एजेन्सी) पेट्रोल, डिजेल लगायत इन्धनको मूल्य बढेर सबैको लागि ठाउको दुखाईको विषय बनेको छ । तर, चिन्ता नगर्नुहोस् अब एक लिटर इन्धनले नै ३३ सय किलोमिटर कुद्ने कारको आविष्कार भइसकेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर फ्रान्सका विद्याथीहहरु यस्तै कार निर्माण गरेका छन् । माइक्रोजोउल नाम दिइएको उक्त कार एक लिटर इन्धनमा २००० हजार माइल (लगभग ३२ सय किलोमिटर) चल्ने छ । कार्वोनको फाइबर प्रयोग गरेर तयार गरिएको उक्त कारमा एक जना भन्दा बढी भने बस्नु मिल्दैन ।Microjoule-550x368 कारमा यात्रा गर्दा मानिसहरु सुते जसरी बस्नुपर्ने हुन्छ । तपाईंलाई सुतेर यात्रा गर्दा अप्ठ्यारो हुँदैन भन्ने लागि राखेको होला । तर, जम्मा ०.०४ रुपैयाँमा १ किलोमिटर गाडी कुद्छ भने के गाह्रो ? पश्चिमी फ्रान्समा रहेको ला जोलिभायर कलेजका विद्यार्थीहरुले युरोपियन इको म्याराथोन प्रतियोगिताका लागि उक्त कार निर्माण गरेका हुन् । माइक्रोजोउलको वजन ३५ किलो मात्र रहेको छ । नेदरल्याण्डको रोटरडाममा उक्त कारको परिक्षण गरिएको थियो । जहाँ उक्त कार एक लिटर इन्धनमा ३३ सय किलोमिटर कुदेको थियो । यस कारलाई लिएर विश्वभरको एक चक्कर लगाउँदा पनि मात्र २३ सय रुपैयाँ लाग्छ । पानीको थोपाको आकारमा तयार गरिएको यस कार पेट्रोल र इथानोल दुवैले चल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१