२७ जना नेपाली युवती स्वदेश फिर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार ११:२४

ref4काठमाडौं, २० साउन । भारतको बाटो हुँदै रोजगारीका लागि खाडीका देशमा जान लागेका २७ जना नेपाली युवतीलाई स्वदेश फिर्ता ल्याइएको छ । भारतीय प्रहरीले छापा मारेर महिपालपुर क्षेत्रका विभिन्न होटलबाट १ हप्ताअघि पक्राउ गरेका महिलाहरुलाई स्वदेश फिर्ता ल्याइएको अध्यागमन विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय तथा सुरक्षा निकायको पहलमा महिलाहरुलाई स्वदेश फिर्ता गरिएको हो । भारतमा पक्राउ परेका महिलामध्ये केहिसँग दुबईको पर्यटक भिसा रहेको र कामदार भिषा भएकासँग पनि श्रम स्वीकृति नभएकाले पक्राउ गरिएको हो । पछिल्लो समय भारतको बाटो भएर महिलालाई खाडी तथा तेस्रो मुलुकमा मनोरन्जनको क्षेत्रमा बेचबिखन गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१