रेल दुर्घटना हुँदा १९ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १०:४१

relभारतको मध्य प्रदेशमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । मध्य प्रदेशको हरदा जिल्लामा कामयनी एकसप्रेस र जनता एक्सप्रेसको केही डिब्बा छुट्टिँदा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६ जना बालबालिका, ७ जना महिला र ६ जना पुरुष रहेका विविसीले जनाएको छ । त्यहाँका रेल मन्त्रीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । दुर्घटनापछि रेलबाट २ सय भन्दा बढी यात्रुलाई सकुशल बाहिर निकालिएको स्थानिय अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुले भारी वर्षाका कारण रेल दुर्घटना भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१