सोमलाललाई मुख्य सचिवको जिम्मेवारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १०:३३

somlalकाठमाडौं, २० साउन । सरकारले स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठक ले सरकारको मुख्‍य सचिवमा सोमलाल सुवेदीलाई नियुक्त गरेको छ। सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्। उनलाई स्थानीय विकास विज्ञ पनि मानिन्छन्। यता, मुख्यसचिव लीलामणि पौडेलको तीनवर्षे कार्यकाल शुक्रबार सकिँदैछ। अन्‍य ६ वटा मन्त्रालय तथा निकायमा सचिव पद रिक्त भएपनि बुधबारको मन्त्रिपरिषदको बैठकमा निर्णय हुन सकेन। बरिष्ठतम सचिवहरु श्रीधर गौतम,सोमलाल सुबेदी र जयमुकुन्द खनाल मध्ये दोस्रो बरियताका सुवेदीलाई सरकारले मुख्य सचिव बनाएको हो । प्रधानमन्त्री सुशील कोइरालाले दोस्रो ब्याचका सचिव विश्वप्रकाश पण्डितलाई मुख्य सचिव बनाउन खोजेका थिए । तर एमालेले ठाडै असहमति जनाएकाले सुवेदीलाई बनाइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१