दलितका समुदाय संजालको बन्दले बागलुङको जनजीवन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १०:२८

रायण रिजाल,
बागलुङ, २० साउन । नयाँ बन्ने संविधानमा आफ्ना मौलिक हक अधिकार सुनिचिश्त गराउन संयुक्त राजनैतिक दलित संर्घष समितिको मंगलबार विहान १ घण्टा चक्काजामका क्रममा पक्राउ परेका आफ्ना सक्रिय सदस्य राजकुमार बोसेलको रिहाइको माग गर्दै उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले बागलुङ बन्द गराएको छ । चक्काजामका बेला मोटरसाइकल चलाएको भन्दै सरकारी वकिल कार्यालय बागलुङमा कार्यरत गणेश शर्मालाई कुटपिट गरेको आरोपमा बोसेल मंगलबार पक्राउ परेका थिए । शर्माले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीसमक्ष लिखित उजुरु दिएपछि प्रहरीले बोसेललाई नियन्त्रणमा लिएको हो । सञ्जालले पक्राउ पर्नुभएका बोसेलको बिनासर्त रिहाइको माग गदै बागलुङ ब्रन्दको आह्वान गरेको छ । मोटरसाइकल नचलाउन आग्रह गर्दा पनि अटेर गरेपछि सामान्य भनाभन मात्र भएको सञ्जालले दावी गरेको छ ।

रिहाइ नगरेसम्म बागलुङ बन्द अनिश्चितकालसम्म जारी रहने सञ्जालका अध्यक्ष टकबहादुर बोहोराले बताए । बन्दका कारण बुधवार बिहानै देखि बागलुङको जनजीवन प्रभावित बनेको छ । सञ्जालका पदाधिकारी र सदस्यहरु बजार बन्द गराउँदै हिँडेका छन् । बन्दले पसल, व्यवसाय बन्द भएको छ । लामो तथा छोटो दुरीका यातायातका साधान पनि चल्न सकेका छैनन् । बाहिर बाट बागलुङ भित्रिने सवारी साधनलाई भने प्रहरीले स्कटिङ गरेर ल्याएको छ । नियन्त्रणमा रहनुभएका बोसेलमाथि छानविन चलिरहेको प्रहरीले जनाएको छ । अहिले संयुक्त राजनैतिक दलित संर्घष समितिका सदस्यहरु बागलुङ बजार बन्द गराउँदै हिडेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१