रोल्पामा सवारी दुर्घटना आधाले घट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १०:२२

नवीन लोचनमगर
रोल्पा, २० साउन । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७०/०७१ मा रोल्पामा सवारी दुर्घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गत आ.व. २०६९/०७० मा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ रहेको थियो भने आर्थिक वर्ष २०७०/०७१ मा ४ वटा मात्रै रहेको प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिए । पछिल्लो समय ट्राफिक सचेतना व्यापक भएकोले पनि दुर्घटनामा कमी भएको सामुदायिक प्रहरी सेवा समितिका अध्यक्ष खटकबहादुर खत्रीले बताए । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले व्यापक अभियानहरु चलाइरहेको छ । सवारी साधनमा नियमित चेकजाँच, यात्रुहरुको सुरक्षित यात्राका लागि अनुगमन, सवारी अनुमति पत्रको चेकजाँच, मादक पदार्थ प्रयोग गरी सवारी चलाउनेहरुलाई कार्वाही तथा अनुगमन लगायतका क्रियाकलापहरु तीब्र पारिएपछि सवारी दुर्घटनामा कमी आएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१