काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी १६ बुदेँ सहमति अघिदेखि नै प्रदेशहरुको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याएर संविधान जारी गर्ने पक्षमा रहेको दाबी गरेका छन्। मंगलबार एमाले संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले विगतमा आफ्नो पार्टीले सीमाङ्कन र नामाङ्कन टुङ्ग्याएर संविधान जारी गर्न प्रस्ताव गर्दा अरु दलहरुले नमानेको बताए। ‘सबै टुङ्ग्याएर संविधान जारी गरौँ भन्ने हो। अरुले त्यसमा सहमति जनाउन नसक्दाखेरि नमिलेको हो। अहिले पनि हामी सीमा संख्या नाम समेत टुङ्ग्याएर शासकीय स्वरुप, न्यायालय सम्बन्धी प्रश्न आदि सबैको कुराको टुङ्गो लगाएर जाउँ भन्ने पक्षमै छौँ, ओलीले भने ‘सबै कुरा ट्ङ्ग्याएर जाउँ उपयुक्त ढंगले टुङ्ग्याएर जाउँ साउन भित्रै संविधान जारी गरौँ।
यसैबिच संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री शुशिल कोइरालाले पनि आफूसहित शीर्ष नेताहरु संविधानमा सहमति जुटाउन र सीमांकन टुंग्याउन रातदिन लागिरहेको भन्दै कोइरालाले मिडियाले पनि गलत प्रचार गरेको आरोप लगाए । कोइरालाले भने-‘ममाथि लगाइएको आरोप र आशंका गलत हो, म जतिसक्दो चाँडो संविधान जारी गरेर बाहिरिन चाहन्छु ।’ प्रधानमन्त्री कोइरालाले दलहरुबीच वार्ताको वातावरण मिडियाले बिगार्ने गरेको आरोप समेत लगाए ।
प्रतिक्रिया