सामसुङको सबैभन्दा पातलो स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १३:११

samsunएजेन्सी । सामसुङले अहिलेसम्म कै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी ए ८ नाम दिएर आफ्नो मोबाइलहरुमा अहिलेसम्मकै सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको हो । सामसुङ ग्यालेक्सी ए ८ को मोटाइ मात्रै ५ दशमलव ९ एमएम अर्थात शुन्य दशमलव २३ इन्च मात्रै छ । जुन ग्यालेक्सी एस सिक्स एजभन्दा ८५ प्रतिशत पातलो हो । सामसुङले यो फोन चीन र सिंगापुरको बजारमा मात्रै पठाइने जनाएको छ । सामसुङले यसअघि गएको जनवरीमा ग्यालेक्सी ए सेभेन पातलो स्मार्टफोन सार्वजनिक गरेको थियो । यसको मुल्य ३ सय ३० युरो अर्थात नेपाली ३६ हजार रुपैयाँ पर्ने सामसुङले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१