तीर्थयात्रुका लागि गोसाइँकुण्डमा दुई होटल सञ्चालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १२:५४

गोसाइँकुण्ड, १९ साउन । आगामी भदौ १२ गते सम्पन्न हुने गोसाइँकुण्ड मेलाका तीर्थयात्रुलाई केन्द्रित गरी चन्दनबारीका दुई होटल सञ्चालन भएका छन् ।
भूकम्पपछि क्षति भएको आफ्ना स्वामित्वका होटल लज मर्मत एवम् व्यवस्थापन गर्ने कार्य सम्पन्न गरिएकाले गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीलाई खान बस्न कुनै समस्या नपर्ने चन्दनबारीका होटल व्यवसायी पासाङ ज्यूर्मी तामाङले जानकारी दिए ।

gosaiचन्दनबारीको याक एन्ड नाक र रेडपाण्डा होटल चालु भएपछि बसोबासको सहजताले तीर्थस्थल जाने भक्तजनको आगमन सुरु भइसकेको बताउँदै उनले होटल व्यवसायी तामाङले यी दुई होटलमा दैनिक चारसय यात्रु थेक्न सक्ने र यात्रुको चाप बढेमा आवश्यकताअनुसार बसोबास सहज पार्न त्रिपालसमेत तयारी अवस्थामा राखिसकिएको बताए । काठमाडौँदेखि ठूलोभार्खुसम्म मोटर र ठूलोभार्खुदेखि ढिम्सा चन्दनबारी हुँदै गोसाइँकुण्ड जान मार्ग तोकिएको छ । यही बाटोबाट स्थानीय प्रशासक, प्रहरी प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण सम्पन्न गरिसकेकाले ठूलोभार्खुबाट गोसाइँकुण्ड जाँदा सहज र सुरक्षित रहने रसुवाका स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । गोसाइँकुण्ड मेला भदौको ४/५ गतेबाटै सुरु हुने र जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने तीर्थ भएको धर्मगुरुहरु बताउँछन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१