माफी माग्दैं रित्तो हात फर्कियो नेपाली टोली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १०:५५

आगामी वर्ष भारतमा हुने ट्वन्टी–२० विश्वकप प्रतियोगितामा छनोटको लक्ष्यसहित डेढ महिनाअघि युरोप भ्रमणमा निस्केको नेपाली टोली अन्ततः रित्तो हातका साथ आज स्वदेश फर्केको छ । आयरल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको छनोट प्रतियोगितामा अमेरिकालाई हराएर राम्रो सुरुआत गरेको नेपाल त्यपछिका सबै चार खेलमा हार बेहोर्दै प्रतियोगितामा सहभागी १४ टोलीमध्ये १३ औंँ भएको थियो । प्रतियोगितामा नेपालले खेलेको पाँच खेलमध्ये चार वटामा एक सयभन्दा बढी रन बनाउनसमेत सकेको थिएन ।

nepal criविश्व ट्वन्टी–२० छनोटमा नमिठो पराजय भोगेर छनोट हुन नसकेको नेपाली टोली त्ययहाँबाट स्कटल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्न स्कटल्यान्ड पुगेको थियो । त्यहाँ पनि नेपाल दुवै खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । वर्षाले प्रभावित दुवै खेलमध्ये पहिलोमा नेपाल तीन रनले तथा दोस्रोमा नौ विकेटले पराजित भएको थियो । नेपाली टोलीका कप्तान पारस खड्काले क्रिकेट समर्थकहरुसँग माफी पनि मागेका छन् । पारसले भने-कन्डिसनको कुरा गर्ने हो अनफेवरेबल पनि थिएन । हामी क्लाइमेटाइज भइसकेका थियौं । म सँग एक्ज्याक्ट जवाफ छैन ।’ तर, उनले पटकपटक टोलीका सदस्यहरुले क्षमता अनुसार खेल्न नसेकेका स्वीकारे । ‘हामी स्वीकार गर्छौ कि हामीले राम्रो खेलेनौं । हामी फर्ममा थिएनौं’ उनले भने-‘नेपालको ब्याटिङ र बलिङ दुबैमा त्यो फायर पावर थियो, त्यो यो पटक देखिएन ।’ यद्यपि उनी खेलाडीले कोशिश नै गरेका थिएनन् भन्ने तर्कसँग सहमत छैनन् । ‘सबैले कोसिस गरिरहेका थियौं तर, रिजल्ट फेबरमा आएनौं’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१