च्याम्पियनसिप पौडीमा गौरिकाको उत्कृष्ट प्रर्दशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १०:२१

garkiएजेन्सी । रुसको कजानमा जारी १६ औ फिना वल्र्ड च्याम्पियनसिप पौडीमा नेपालकी गौरिका सिंहले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय किर्तिमान सुधार गरेकी हुन् । हिट चरणमा ५ देशका खेलाडीलाई पछि पार्दै गौरिकाले १ मिनेट ८ दशमलव १२ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । गौरिकाले राष्ट्रिय प्रतियोगितामा आफ्नो नाममा रहेको १ मिनेट १३ दशमलव १३ सेकेन्डको किर्तिमानमा ५ सेकेन्डले सुधार गरिन् । च्याम्पियनसिपमा गौरिका अघिल्लो चरण प्रवेश गर्न भने असफल भईन् । शीर्ष १५ स्थानभित्र पर्न नसकेपछि गौरिका स्पर्धाबाट बाहिरिएकी हुन् । उनी समग्रमा ५८ मा स्थानमा पर्न सफल भएकी थिईन् । गौरिकाले अब १०० मिटर फ्रि स्टाईल स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१