सडक दुर्घटनामा परी भारतीय मन्त्रीको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १४:१२

काठमाडौं, २० जेठ  । भारतको नयां दिल्लीमा भएको सडक दुर्घटनामा केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुण्डेको निधन भएको छ । दिल्लीबाट मुम्बई जाने क्रममा विमानस्थलतर्फ जादै गर्नु भएका मुण्डेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो ।

मन्त्री मुण्डेलाई एम्स अस्पतालमा मृत घोषणा गरिएको हो । मुण्डे भारतीय जनता पार्टीकाकेन्द्रीय नेता, महाराष्ट्रका उप मुख्यमन्त्री समेत भएका थिए । उहांको शवलाई पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखी भोलि महाराष्ट्रमा अन्त्येष्टी गरिने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१