सञ्जय वि.के.
काठमाडौं, १९ साउन । बजारमा सुनिन्छ कमलनयन आचार्य लगायतले हिन्दू आन्दोलनको बहानामा धनि-धनि व्यापारी उद्योगीहरुबाट राम्रोसँग मोटो धन आर्जन गरिरहेका छन् । नवलपरासीको कमल नयनको आश्रमबाट उनका चेलालाई आर्मीले पक्राउ गरेपछि बल्ल उनमा आन्दोलनको मति आएको मान्छेहरु बताउँछन् । प्रचण्डदेखि ठूला मानिएका नेताहरुलाई आफ्नो काबुमा पार्न सफल मानिने उनले पहिला पहिला हिन्दू आन्दोलनका कार्यकर्ताहरु जाँदा खासै वास्ता नगर्ने गरेको शान्तिबाटिकामा लामो समय अनसनको कार्यक्रम सञ्चालन गरेका एक कार्यकर्ताले बताउँछन् । कमलले अहिले आफ्नो चेलोको कारण आफैलाई सडकमा आउन बाटो खुलेको छ जसबाट राम्रो आम्दानी पनि उनले गरिरहेको बुझिएको छ । यही २२ गते साउन उनले काठमाडौंको टुडिखेलमा सभा गर्ने जानकारी दिनेखालका तुलहरु ठाऊ ठाऊमा लागेको छ ।
धर्मनिरपेक्षवादी नेताहरुलाई आर्शिवाद दिइरहेको फोटाहरु विभिन्न माध्यमबाट सार्वजनिक हुने गरेको देखिँदै पनि आएको थियो । प्रचण्डको कालो धनलाई अजय सुमार्गीमार्फत सेतो बनाउन बाग्लुङ्गमा आफूले गरेको यज्ञमा सुमार्गीलाई स्थान दिएको र अहिलेको काठमाडौंको धार्मिक आन्दोलनमा पनि सुमार्गीलगायतका उद्योगी व्यापारीहरुले कमलनयनलाई मोटो रकमले सहयोग गरिरहेको खुल्न आएको छ । भने प्रचण्डपनि भारतको यात्रा पछि धर्मनिरपेक्ष हटाउने रोलमा रहेको सञ्चारबाटै बुझिएको छ । त्यतिमात्र नभएर प्रचण्ड दाहालले भारतमा गएको अवस्थामा क्रिश्चियन बढ्नु चिन्ताको विषय भएको समेत भन्न भ्याएका थिए । चर्चको पैसाले जनयुद्ध सञ्चालन गरेका, दलितहरुलाई हिन्दू इतरको धर्मसंस्कृतिमा लाग्न प्रेरणा दिँदै आएका दाहालले भारतमा गएको बेला एका एक त्यस्तो कुरा बोल्नुलाई बडो गम्भीरताको साथमा हेरिएको पनि छ ।
त्यो कुरा दाहाल आफू नबोलेर भारतको आरएसएस बोलेको अर्थ लाग्नु स्वभाविकै हुन्छ । चितवनमा स्वामी ज्ञानानन्दले प्रभावकारी कार्यक्रम गरेको थाहा पाएपछि अब आफुले पनि के त गर्नु पर्यो भन्ने सोँचमा रहेका कमललाई सोही समयमा चेलोलाई आर्मीले समात्नु संयोग बनेको छ । कतिले नेताहरुको मिलेमतोमा यो घटना कमल आफैले गराएका हुन् भन्ने पनि चर्चा सुन्नमा आएको छ । कम्युनिष्ट र धार्मिक क्षेत्र एउटै एउटै यो अर्थमा देखिएका छन् कि कुनै एउटा धर्म गुरु अथवा संस्थाले केही गर्न खोज्यो भने सो कार्यलाई सहयोग गर्नेभन्दा पनि आफूले पनि त्यस्तै कुनै काम नगरी आफ्नो अस्तित्व नरहने भन्ने बुझ्दछन् र तुरुन्तै आफ्नो पौरख गर्न लागिहाल्छन् । ज्ञानानन्दले चितवनमा कार्यक्रम गरेपछि सो कार्यक्रमको चर्चा बढ्पछि काठमाडौंमा आन्दोलनको तयारी गरेका छन् कमलनयनले । भलै हिन्दूराष्ट्रको माग गर्दै हिन्दू आन्दोलन नेपाल भरी नै भइरहेको यो अवस्थामा काठमाडौंमा कमलनयनले गर्नु स्वभाविकै होला । तर, आन्दोलनको नाममा कहाँ के भइरहेको छ सोलाई उजागर गर्नु सञ्चारको कर्तव्य हुन आउँछ । सत्यतथ्य खोज्ने क्रममा सर्वसाधारणबाट आएका प्रतिक्रियालाई यहाँ उल्लेख गर्न खोजिएको छ ।
बुट्वलमा सन्तसम्मेलनको लागि आरएसएसबाट आदित्यनाथमार्फत आएको सहयोग रकम ब्रम्माण्डीय सनातन धर्म सभाका अध्यक्ष भरत पिडीतले कुम्ल्याए जस्तै अहिले पनि आदित्यनाथ आफै काठमाडौंमा आएर हिन्दूहरुलाई उचालेर गएका छन् । कुनै पनि आन्दोलन होस वा अन्य कुनै विशेष काम गर्नपर्दा भारतलाई पुकार्ने नेपालीको परम्परा रही आएको हुनाले पनि यसलाई कुने अनौठो मान्न नपर्ने मान्छेहरु बताउँछन् । माधव भट्टराईले नेतृत्व गरेको सनातन हिन्दू मोर्चाले पनि २० गते जनप्रदर्शन गर्ने फेसबुकमार्फत जानकारी मिलेको छ । गत कार्तिकतिर धार्मिक संघसंस्थाहरुको मोर्चा बन्दि गरी राप्रपा नेपालको भातृसंगठन बनाउने शर्तमा कमल थापाबाट केही रकमसमेत लिएर धार्मिक राजनीति थालेका भट्टराईले गर्न खोजेको सो जनप्रदर्शनलाई पनि पर्यवेक्षकहरु चासोको साथ हेरिरहेका छन् । नेपाल विश्वमै एक मात्र हिन्दूराष्ट्र रहेकोमा अब पनि रहिरहन पर्छ भन्ने मान्यतालाई धेरै हद्सम्म स्वभाविकै मान्नुपर्छ । तर, हिन्दू आन्दोलनको नाममा ककसले कहाँ कहाँ के कस्तो चलखेल गरेको छ सो थाहा पाउन पर्ने पनि जनताको अधिकार हुन आउँछ । धर्मको नाम बेचेर हुने ब्यापारहरु यहाँ धेरै हुने गरेका छन् जसको बारेमा सर्वसाधारण जनता अनभिज्ञ रहँदै आएका छन् । कतै सन्तसम्मेलनको नाममा त कतै आन्दोलनको नाममा ।
अन्य अन्य विषयमा जस्तै हिन्दू आन्दोलनको नाममा पनि भारतले आफ्नो ठूलो चासो देखाइरहेको बुझिन्छ जसको पछाडि नदेखिने तरिकाले धर्ममा पनि भारतले हस्तक्षेप गरिरहेको छ । हुनलाई भारतको आरएसएसको नेपालमा आफ्नै शाखा पनि छ र त्यसले पनि आफ्नो कार्यक्रमहरु गरिरहेको पाइन्छ । डा. सुन्दरमणि दिक्षित, भिमार्जुन आचार्य, डा. जयराज आचार्य जस्ता बुद्धिजिवीसर्कलका व्यक्तिहरु पनि आरएसएस निकट रहेको बुझिएको छ ।
यी जतिपनि तौरतरिकाबाट भएका चलखेल छन् तिनमा विभिन्न नियतहरु संलग्न भएको बुझिन्छ । धर्म गुरु होस वा नेता वा अन्य कुनै निकाय त्यसले गर्ने कार्य नीजको स्वार्थानुकूल मात्रै नभएर देश र जनताको पक्षमा छ भनेर मान्नसक्ने आधार खोज्न र बनाउन पर्ने देखिन्छ । गन्तव्य उन्मुख हुँदै गएको हिन्दू आन्दोलनमा धेरै रङ्गहरुले प्रवेश पाउन थाले भने के हुन्छ ? शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । संबन्धित पक्षले समयमै ध्यान दिन सकेनन् भने परिणाम के हुन्छ यसै भन्न कठिन देखिन्छ ।
प्रतिक्रिया