टुरिजम म्यान अफ दी ईयर अवार्ड पाण्डेलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १९:४७

bikrmकाठमाडौँ ,१८ साउन ।  सन् २०१५ को टुरिजम म्यान अफ दी इयर अवार्ड वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डेलाई प्रदान गरिएको छ । गन्तव्य नेपाल साप्ताहिकले सन् २०१० देखि हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड  गन्तव्य नेपाल सापताहिको एघारौ वार्षिकोत्सवको अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाण्डेलाई प्रदान गरेका हुन् ।
कार्यक्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।  भूकम्प पछाडी पर्यटन क्षेत्र केही सुस्ताए पनि यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।11236469_1598505943745071_1129599039693169682_n अध्यक्ष ओलीले संविधानमा पर्यटन विकासका लागि आकर्षक कायक्रम ल्याउने विश्वास समेत दिलाउनु भयो । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पर्यटन विकासमा सबै एक जुट हुनुपर्ने बताउनुभयो । पर्यटन देश विकासको आर्थिक स्तम्भ भएको औल्याउदै उहाँले नयाँ संविधान निर्माण पछि पर्यटन क्षेत्रले नयाँ गति लिने बताउनुभयो । संसदको सार्वजनिक लेखा समितिका सभापति एवं एनेकपा माओवादीका नेता जनार्दन शर्माले पर्यटन विकासका लागि सरकारले ठोस निती ल्याउन नसक्दा पर्यटनमा समस्या आएको बताउनुभयो । b-2
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव शुरेशमान श्रेष्ठले अदालति अड्नका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको बताउनुभयो । पर्यटन विकासका लागि सुरु गरेको हरेक त्रियाकलाप माथि मुद्धा हाल्ने र रोक्ने  परिपाटि हावि भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गन्तव्य नेपाल सप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पदाक शिव अधिकारीले भूकम्प पछि सुस्ताएको पर्यटन क्षेत्रलाइ  विगतकै अवस्थामा फर्काउन सरकार र नीजि क्षेत्र विच सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिुनभएको थियो ।11811290_1598506183745047_2181453879763147754_n
कार्यक्रममा पर्यटन विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा, विभुतिचन्द ठकुरी, कुलबहादुर गुरुङ, सोनाम जी शेर्पा, बासु पाण्डे, रामप्रसाद सापकोटा, गोकुल सापकोटा, ठाकुरप्रसाद ढुंगाना, रमेश गौतम, डिजाइनर जेम्स एण्ड ज्वेलरीलाई सम्मान गरिएको थियो । भने यस वर्षको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट पत्रकार मुकुन्द ढुङगाना, सिवि अधिकारी, नविन काफ्लेलाइ सम्मान गरिएको थियो ।11805986_10207814851718498_1765798457_n (1)11846344_966190626757610_371472167_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१