खुमबहादुरले हतियार उठाउने चेतावनी दिएपछि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १६:५७

काठमाडौं, १८ साउन । हिन्दु राष्ट्र घोषणाको माग गर्दै खुमबहादुर खड्का लगायतको समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । परम्परागत झाँकी, तरबार नाच र बाजागाजासहित उत्रेका प्रदर्शनकारीले नयाँ बन्ने संविधानमा सनातन हिन्दु राज्य राख्र माग गरेका थिए। ॐ विश्व हिन्दू धर्म संरक्षण नेपाल, लगायतका संघसंस्थाको सहभागिता रहेको सहभागीले माग पूरा नभए हतियार उठाउने चेतावनी दिए। र्‍यालीमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्का, संयुक्त खश क्षत्री नेपालका अध्यक्ष एमबी थापा लगायत सहभागी थिए।

khumसनातन हिन्दू मोर्चा लेखिएको ब्यानरमा खुमबहादुर खड्काको तस्विर समावेश थियो। माइतीघर मण्डलाको कोणसभालाई सम्बोधन गर्दै थापाले सनातन हिन्दू राष्ट्र नबनाए हतियार उठाउने चेतावनी दिए। उनले आफूहरुसँग लाइसेन्स प्राप्त हतियार रहेको चेतावनी दिएका थिए। उनले आफूहरुको माग सुरुवाइ नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन संविधानसभा नजिक नयाँ बानेश्वरमा आएर टुङ्गएिको थियो । प्रदर्शनकारीहरुले हिन्दुको पहिचान झल्काउने ढाल र तलबारको प्रतीक बोकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१