अवार्ड काण्ड : के मन्त्री रिजालले नम्रतालाई सेक्स प्रस्ताब राखेकै थिए त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १५:१६

मनिष दाहाल (अन्जान),
चलचित्र विकास बोर्डले हरेक बर्ष गर्दै आइरहेको राष्ट्रिय चलचित्र पुरस्कार प्रत्येक बर्ष विवादमा तानिदै गएको छ । केहि दिन अगाडी मात्र राष्ट्रपति निवास शितल निवासमा भएको यस बर्षको राष्ट्रिय चलचित्र पुरस्कार पनि विवादबाट टाढा रहन सकेन । राष्ट्रिय चलचित्र पुरस्कार जस्तो गरिमामय अवार्ड कार्यक्रममा दुई जना मात्र अभिनेत्री सहभागी हुनले पनि यो विवाद अझ राम्रैसँग पृष्टि गर्छ । यो बर्ष राष्ट्रिय चलचित्र पुरस्कार विवादित मात्र बनेन् की सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नायिका नम्रता श्रेष्ठलाई सेक्स प्रस्ताब राखेको तर नम्रताले उक्त प्रस्ताब अस्विकार गरेको भन्ने हल्ला पनि यति बेला चौतर्फी रुपमा आइरहेको छ । नम्रताले मन्त्री रिजालको सेक्स प्रस्ताब अस्विकार गरेकै कारण उनी यो पटकको राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित नभएको विभिन्न सञ्चारमाध्यमहरुमा खबरहरु प्रकाशित भइरहेका छन् ।

minandra and namयो विषयमा विभिन्न खाले टिकाटिप्पणी भइरहेको अबस्थामा राष्ट्रिय चलचित्र पुरस्कारको जुरी समेत रहेकी नायिका करिश्मा मानन्धरले नै अवार्डप्रति असन्तुष्ट रहेको भन्ने अभिव्यक्ति सञ्चारमाध्यममा दिएपछि भने यो विषयले अहिले हंगामा नै खडा गरिरहेको छ । अवार्ड सकिएको भोली पल्ट नै उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रतालाई दिने लगभग निश्चित भएपनि राता-रात अवार्ड नायिका रिचा शर्माको हातमा पारिएको खबर पनि यति बेला चौतर्फी रुपमा चलेको छ । यहि बेला लिएर नायिका रिचा शर्माले पनि स्पष्टिकरण जस्तै गरि विभिन्न सञ्चारमाध्यमहरुमा आफ्नो अन्तरर्वार्ता दिइसकेकी छिन् ।

उनले भनेकी छिन् -‘मंगलबार अवार्ड हुँदै थियो । म विदेशमा थिएँ । आईतबार मात्रै म नेपाल आइपुगे । मलाई कुनै प्रकारको निमन्त्रणा पनि आएको थिएन । राष्ट्रिय अवार्डमा ‘टलकजंग भर्सेस टुल्के’ पनि दिएको छ भन्ने कुरा चाहिं थाहा थियो । सोमबार बेलुका मात्रै मलाई फोन आयो विकास वोर्डबाट ‘तपाई उत्कृष्ट दुई नोमिनेशनमा पर्नु भएको छ’ भनेर । यो चाहिं मेरो लागि एकदमै अप्रत्यासित नै थियो ।’ रिचाले यसरी आफुले अवार्ड पाउदैछु भनेर पहिला नै थाहा नभएको जानकारी गराएपनि नायिका नम्रता श्रेष्ठलाई ‘उत्कृष्ट नायिकाको अवार्ड तपाईलाई दिइदै छ’ भनेर कार्यक्रम स्थलमा बोलाइएको स्रोत बताउछ । तर आखिर के भएको हो त्यसको अधिकारिक जानकारी भने अहिलेसम्म आइपुगेको छैंन । तर एउटा कुरा तपाईहरुलाई के याद रहोस् की राष्ट्रिय चलचित्र पुरस्कार स्विकृत गर्न सूचना तथा सञ्चारमन्त्रीले हस्ताक्षर गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१