नवलपरासी, १८ साउन । केहि दिन अगाडी नेपालको नवलपरासीमा तान्त्रिकको आदेशमा एक १० वर्षीय बालकको बलि चढाईएको थियो जुन घटनाले सबै नेपालको मनमा पिडा दिएको थियो । यसैक्रममा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले आाफ्नी पागल श्रीमतीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।
आइतबार पक्राउ परेका सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् । उता घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए। प्रहरीले भने तान्त्रिकले भनेकै आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ । यसअघि पनि उनीमाथि बलात्कार र हत्याको आरोप लागेको थियो ।
प्रतिक्रिया