झापा, १८ साउन । झापाको बुधबारे ८ स्थित श्री नमुना सामुदायिक वन कार्यालयले आफ्नो उपभोक्तालाई गोवर ग्याँस र एपी ग्याँस चुल्होको साथै सिलिण्डर वितरण गरेको छ । सामुदायिक वन समितिको कार्यालयमा १ सय ४ जना सदस्यले सिलिण्डर ग्याँस गोवर ग्याँसको लागि २१ जना सदस्यले निवेदन दिएका थिए । निवेदन दिएका मध्ये २९ जनाले १ लाख ५९ हजार ५ सय मुल्य बराबरको सिलिण्डर ग्याँस प्राप्त गरेका थिए । २१ जना आवेदक मध्ये १५ जना सदस्यले ९७ हजार ५ सय मूल्य बरावरको गोवरर ग्याँस प्राप्त गरेका थिए ।
सामुदायिक वनले आर्थिक वर्ष ०७१।०७२ को वजेटबाट ग्याँस वितरण गरिएको हो । उपभोक्तालाई काठ दाउरा वन समितिले वितरण गर्दै आएको छ । बन विनाश कम गर्न बैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत गोवर ग्याँस र सिलिण्डर वितरण गरिएको हो । सदस्य संख्या बढी भएपछि गोला प्रथाबाट छनौट गरिएको हो । प्रत्येक सदस्यलाई वार्षिक चार कुइटेल दाउरा समितिले उपलब्ध गराउदै आएको छ । तर गोवर ग्याँस र सिलिण्डर प्राप्त गर्ने उपभोक्ताको दाउरा कटौती हुने भएको छ । उपाध्यक्ष केशर धिमाल, कोषाध्यक्ष पर्शराम चेम्जोगं, सदस्य भक्ति घिमिरेले बैकल्पिक उर्जाको बारेमा वोलेका थिए । कार्यक्रमको अध्यक्षता तिलक रिजाल र सञ्चालन मिना अधिकारीले गरेका थिए ।
प्रतिक्रिया