स्याङ्जाको कफि जापान निर्यात हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १३:२४

coffiस्याङ्जा, १८ साउन । स्याङ्जामा उत्पादित कफी जापान निर्यात गरिएको छ। जिल्ला कफी व्यवसायी संघ स्याङ्जामार्फत यस वर्ष १० मेट्रिक टन ग्रिन बिन कफी जापान निर्यात गरिएको हो। यहाँ उत्पादित कफी जापानको नागोया सहरस्थित शान्ति शान्ति कफी कम्पनीलाई निर्यात गरिएको हो। नेपाली मूल्यअनुसार ८० लाख रुपैयाँको कफी जापान निर्यात भएको हो। ग्रिन बिन कफी प्रतिकिलो आठ सय रुपैयाँमा बिक्री हुँदै आएको छ। यसैगरी २५ मेट्रिक टन हाइल्यान्ड कफी प्रमोसन लिमिटेडमार्फत निर्यात गरिएको छ। स्याङ्जामा उत्पादित कफी अर्गानिक र निकै स्वादिलो भएको पारखीले बताउने गरेको पुतलीबजार नगरपालिका १३ करेनडाँडाका कफी व्यवसायी कृष्ण केसीले बताए। उनले भने, ‘यस वर्ष जापानीले २० मेट्रिक टन कफी माग गरे पनि पूरा गर्न सकेनौं, आगामी दिनमा पूरा गर्नेछौं।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१