चौबीसै घण्टा सीसी क्यामेराको निगरानीमा काँकडभिट्टा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १३:१७

cc cameraझापा, १८ साउन । नेपालको पूर्वी प्रवेशद्धार काँकडभिट्टा क्षेत्रमा प्रहरीले अब चौबीसै घण्टा सीसी क्यामेरामार्फत निगरानी गर्ने भएको छ । नेपाल–भारत खुला सीमाको २४ सै घण्टा निगरानी गरी आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले बताए । पूर्वी प्रवेशद्वार, मेचीपुल, भन्सार चेकपोष्ट, बसपार्क, बजार क्षेत्रलगायतका स्थानमा १२ ओटा क्यामेरा जडान गरी नाकाको २४ सै घण्टा निगरानी थालिएको हो । प्रहरी प्रधान कार्यालय श्रोतबाट ४ ओटा र स्थानीय संघ संस्थाबाट ८ ओटा क्यामेरा तथा जनसहयोगबाट ८ लाख ५० हजार रुपैंयाँ जुटाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१