अष्ट्रेलियाका एक युवकले आफ्नै शरीरको हड्डीबाट निर्मित औंठी प्रेमिकालाई उपहार दिएका छन् । माइक पेरेटको गोडा सन् २००६ मा पहाडबाट खसेपछि काट्नुपरेको थियो तर चिकित्सकलाई अनुरोध गरी काटिएको अंगको नलीहाडका केही अंश जोगाएर राखे । निकै समयपछि आफ्नी प्रेमिका मेलितालाई खुसी पार्ने विचार गरे र यसको जिम्मा गहना बनाउने इंग्ल्याण्डको कम्पनी इन्गल एण्ड रोडलाई सुम्पे । उक्त कम्पनीले सुरुमा माइकको हड्डीलाई उमालेर जीवाणुरहित बनायो अनि हिराजडित र प्लाटिनममा मिसाएर औंठी बनाइदियो । मेलिता पनि ‘विशेष औंठी’ पाउँदा दंग गरिन् । पछि दुवैले फिलिपिन्समा गई बिहे गरे ।
प्रतिक्रिया