डा.गोविन्द केसीको मागको वेवास्ता, छुट्टै मेडिकल विश्वविद्यालय चाहिन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १२:४४

काठमाडौँ,२० जेठ । मेडिकल शिक्षामा देखिएका विकृति र राजनीतिक हस्तक्षेपविरुद्ध टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले उठाएका अधिकांश माग पूरा नहुने छाँट देखिएको छ।
मेडिकल बेतिथिविरुद्ध सवभिन्न माग राखेर आमरण अनशन बसेका केहीका केही माग तत्काल र बाँकी अध्ययन गरेर पूरा गर्ने सहमति गर्दै सरकारले अनशन तोडाएको थियो,नागरिक दैनिकमा समाचार छ ।download (1)
वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्ने बाहेक उनका कुनै माग पूरा भएका छैनन्। नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्नुपर्ने केसीको प्रमुख मागविपरित सरकारले मनसायत्रि लिएका १६ वटै कलेजको सम्बन्धन सिफारिस निम्ति बाटो खोल्न खोजेको छ।
केसीले छुट्टै मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने मुद्दा पनि प्रमुख मागका रुपमा उठाएका थिए। यसबारे अध्ययन गर्न गठित कार्यदलले छुट्टै विश्वविद्यालय नचाहिने निचोडसहित प्रतिवेदन बुझाएको थियो।
चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन डाक्टर रमेशकान्त अधिकारी संयोनकत्वको ९ सदस्यीय उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा हाल मेडिकल शिक्षा पढाइरहेका प्रतिष्ठान एवं विश्वविद्यालयलाई एकीकेत गरी छुट्टै विश्वविद्यालय बनाउन संभव नभएको निर्ष्कष निकालेको थियो।

प्रतिक्रिया