माइकल ज्याक्सनको पञ्जा ६५ लाख भयो लिलामी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार ११:०५

maikalरकस्टार तथा डान्सर माइकल ज्याक्सनको अहिले घर देखी उनले लगाउने लुगा सम्म लिलामी गरिदै गएकोे छ । त्यति मात्र होइन डान्सर माइकल ज्याक्सनको पञ्जा पनि लिलामी भएको छ । ६४ हजार डलर अर्थात् ६५ लाख रुपैयाँमा उक्त पञ्जा लिलाम भएको हो । अहिले लिलामी भएकै पञ्जा लगाएर माइकल ज्याक्सनले धेरै ठाउँमा प्रस्तुति दिएका थिए । सन् १९८४ मा उनले ‘पाल बेडर्ड’ नामका आफ्ना साथीलाई उक्त पञ्जा उपहार दिएका थिए । सन् २००५ बेडर्डले सो पञ्जा एक नीजि संकलनकर्तालाई दिएका थिए । बेडर्डले माइकललाई आफैंले बनाएको माइकलको पेन्टिङ पनि उपहार दिएका थिए । माइकल ज्याक्सनको मृत्यु ५० वर्षको उमेरमा सन् २००९ मा भएको थियो । १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७५० मिलिएन भन्दा बढी बिक्री भइसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ। उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो क्ष्रणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१