ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १०:५६

CRICKET-WC-2015-PAK-ZIMएजेन्सी । पाकिस्तानले दोस्रो ट्वान्टी ट्वान्टीमा श्रीलंकालाई एक विकेटले पराजित गरेको छ । योसँगै दुई म्याचको सिरिज पाकिस्तानले हात पार्‍यो । गएराति श्रीलंकाले तयार पारेको १ सय ७३ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । साहिद अफ्रिदीले ४५ र अनवर अलीले ४६ रनको योगदान गरेपछि पाकिस्तानको जित सम्भव भएको हो ।
यसअघि टस जितेर व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । पहिलो म्याच पाकिस्तानले २९ रनले जितेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१