बलिउड कलाकारको मासिक बिजुलीको बील प्रतिव्यक्ति १५ लाखभन्दा बढी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार ०६:३७
deepika (1)(2)भारतीय कलाकारहरुले मासिक कति विजुलीबापत पैसा तिर्लान् ? तपाईंले त्यस्तै दुइ, चार हजार भन्ने सोच्नु भएको हो भने गलत हुनेछ । किनकि, उनीहरुले विजुलीबापत मात्रै मासिक १५ लाखदेखि २३ लाखसम्म तिर्ने सत्य सार्वजनिक भएको छ । हेर्नुस्, कसले कति तिर्छन् ? मासिक रुपमा विजुलीको पैसा ।
आमिर खान
आमिर खानको बस्ने अपार्टमेन्टमा  हरेक महिना १४ लाख चालिस हजारको बिल उठ्ने गर्छ । त्यस्तै उनले आफ्नो अफिसको लागि एक महिनामा २० लाख ८० हजार  बिजुलीको विल तिर्छन् ।
शाहरुख खान
बलिउडका बादशाह शाहरुख खानले हरेक महिना ६८ लाख ८० हजार बिजुलीको विल तिर्छन् भनेपछि उनको घरमा कति बिजुली खपत हुन्छ होला तपाँई अनुमान लगाउनुस । शाहरुख खान बस्ने घर कुनै राजमहल भन्दा कम छैन बान्द्रामा उनको मन्नत नामक बगंला छ ।
सैफ अलि खान
सैफअलिले पनि हरेक महिना  ४८ लाख बिजुलीको विल तिर्छन् । उनका मुम्बई र दिल्लीमा दुईओटा घर छन् ।
सलमान खान
सलमान खानको पनि हरेक महिना ४६ लाख  ४० हजार बिजुलीको बिल उठ्ने गरेको छ । उनका दुई ओटा अपार्टमेन्ट र बिईङ हयुमन नामक एक अफिस छ ।
दिपिका पादुकोन
अभिनेत्री दिपिका पादुकोनले पनि हरेक महिना २० लाख  ८० हजार बिजुलीको विल तिर्ने गरेकी छिन् ।
अमिताभ बच्चन
अमिताभ बच्चनले जुुस्थित आफ्नो घरको लागि हरेक महिना २२ लाख बिजुलीको विल तिर्छन् ।
कटरिना कैफ
कटरिना आफ्नो एक्लो अपार्टमेन्टको लागि हरेक महिना १६ लाख बिजुलीको विल तिर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१