ओली र कोइरालालाई पार्टीका नेताले नै सोधे -‘आखिर मुख्यसचिवको मुल्य कति ?’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १७:३६

काठमाडौं, १७ साउन । मुख्य सचिव लीलामणि पौड्यालको पदावधि सकिएपछि यति बेला अब कुन पार्टीको कसलाई मुख्य सचिव बनाउने विषयले निकै ठुलो रुप लिइरहेको छ । यहि विषयले नै अहिले कांग्रेस र एमाले विच झण्डै पानी बाराबारको अबस्था समेत सृजना हुँदै गएको स्रोतले बताएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीका नेतालाई मुख्य सचिव बनाउने कसरतमा लागेका छन् भने उता कांग्रेस सभापति एवं प्रधानमन्त्री शुशिल कोइराला आफ्नै पार्टीका मान्छेलाई मुख्य सचिव बनाउने गृहकार्यमा छन् । तर यहि विषयले गर्दा अहिले मुख्य सचिवको छनोट हुन नसक्ने बताइएको छ । तलबले ५० हजारसम्म खाने मुख्य सचिवका लागि अहिले दुई पार्टीमा देखिएको विवाद हेर्दा लाग्छ मुख्य सचिव पद निकै महत्वपुर्ण छ । यो विषयमा केपी ओली र शुशिल कोइराला बिच धेरै पटक कुरा भइसकेको छ तर अहिले सम्म निकास भने निस्कन नसकेको एक अधिकारीले बताए ।

chaiनयाँ संविधान आउने बित्तिकै पद छाड्ने भनेका प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान आएपछि प्रधानमन्त्रीका प्रबल दाबेदार ठानिएका नेकपा एमालेका अध्यक्ष के पी ओलीसंग गरेको शुक्रबारको भेटमा मुख्य सचिवमा कसलाई नियुक्ति गर्ने भन्नेबारे विवाद उत्पन्न भएको थियो। त्यसपछि अहिलेसम्म यस विषयमा दुबै पार्टीका कुनैपनि नेताले कुरा चलाएका छैंन । त्यसबारे खुलेर दुवै पक्षले केही नबताए पनि कांग्रेसको व्यवहारबाट असन्तुष्ट भएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलको प्रष्ट जवाफ थियो। उनले भने, संयुक्त सरकार सञ्चालनका निश्चित विधि र व्यवस्थाहरु हुन्छन्। तर अहिले के भयो भने महत्वपूर्ण एजेन्डाहरुमा यो त प्रधानमन्त्रीको विशेषाधिकार हो भन्ने कोणबाट विषयहरु प्रस्तुत हुन थालेका छन्। यो तरिकासंग हाम्रो असहमति हो। प्रधानमन्त्रीको विशेषाधिकारबारे आफुहरुको जोड रहेको बताउँदै कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने, यो विषय प्रधानमन्त्रीको विशेषाधिकारको हो। यो उहाँले चाँडै कुरा गरेर मिलाउनुहुन्छ। यसरी मुख्य सचिव पदका लागि देखिएको विवादले अझ अग्ररुप लिने जानकारहरु बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१