नेपाली हुनुमा लाज लाग्यो राजेश हमाललाई !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १६:२६

काठमाडौं, १७ साउन । चर्चित नायक राजेश हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक ‘लज्जावोध भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै नायक हमालले यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् । सिराहाको धनगढी ३ स्थित नयनपुरमा डोमलाई उच्च जातका मानिसहरुले इनार छुन नदिएपछि सोही ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महसुस भएको फेसबुकमा स्टाटसमार्फत सार्वजनिक गरेका छन्।

rajesh hamal ‘जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो,’ फेसबुकमा स्टाटसमा उनले लेखे। साउन १६ गते शनिबार नायक राजेश हमाल त्यहाँ पुगेका थिए । नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक (डोम) जब इनारतर्फ खानेपानी भर्नलागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए । र यो विषयमा कुरा गर्दा हमाललाई त्यहाँका स्थानियहरुले जबाफमा भने ‘हामी डोमलाई कुनै पनि हालतमा इनार छुन दिदैनौं।’ ‘यिनीहरु फोहोरी र तल्ला जातका हुन्। इनार छोए भने हाम्रो कुल देउता बिग्रन्छ।’

प्रतिक्रिया