बर्दिया, १७ साउन । बर्दियाको शितलाबजारकी ३० वर्षकी गीता शेख जलेर गम्भीर घाइते भएकी छिन् । आइतबार जलेर घाइते भएकी शेखको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । परिवारका सदस्य र शेख आफैंले पनि आफैंले आगो लगाएको बताएपनि प्रहरीले भने घटना शंकास्पद रहेको बताएको छ । पहाडी दलित समुदायकी गीताको नैवुद्धिन शेखसँग बिवाह भएको थियो । गीता र नैवुद्धिनका १० र ६ बर्षका दुई छोरी छन् ।
प्रतिक्रिया