साउन ३२ गते नयाँ संविधान : मन्त्री बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १३:१६

Mahesh-Basnet1भक्तपुर, १७ साउन । उद्योग मन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १ गतेभित्र आउने बताएका छन्। आइतबार भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उनले साउन महिनाको ३२ गते नयाँ संविधान जारी गर्ने तयारी भइरहेको उल्लेख गरे। मन्त्री बस्नेतले भने, “साउन ३२ गते संविधान जारी गर्ने तयारी भएको छ, संविधान जारी भएको दिन ऐतिहासिक दिन भएकाले हरेक वर्ष यो दिनको सम्झना गर्न आगामी वर्षहरुमा साउनको महिना ३२ गतेकै हुन्छ भन्ने छैन, त्यसैले भदौ १ गते संविधान जारी गर्नु उपयुक्त हुन्छ ।” मधेसका केही दलहरुले मधेसलाई सधैं पछाडि पारिएको भन्दै मधेसको छुट्टै प्रदेश बन्नुपर्ने माग राखिरहे पनि यसो गर्दा हिमाल र पहाडलाई अन्याय पर्नसक्ने भएकाले प्रदेशलाई मिलाएरै विभाजन गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१