भिषण वर्षका कारण घर भत्किदा एकै परिवारका ८ जना घाईते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १२:५०

एस.पी.गौरब
सर्लाही, १७ साउन । विगत लामो समयदेखी नपरेको पानी हिजोबाट अचानक परे पछि घर भत्किँदा सर्लाहीको इश्वरपुरमा एकै परिवारका ८ जना घाईते भएका छन् । ईश्वरपुर नगरपालिका ९ का बन्हु माझीको खपडाले छाएको दुई तले कच्ची घर भत्किँदा घर भित्र सुतिरहेका ८ जना घाईते भएका हुन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते हुनेहरुमा घरधनी ७५ वर्षका बन्हु माझी, उनकी श्रीमती ७० वर्षीया रजिया देवी, छोरा ३५ वर्षका लालबाबु र उनका छोरा वर्ष १५ का अजय रहेका छन् ।

उनीहरुलाई उपचारका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको छ । घर भत्किँदा लालबाबुकी श्रीमती ३० वर्षीया सुशीला, छोराहरु १८ वर्षका अर्जुन, १२ वर्षका अक्षय र छोरी १९ वर्षीया रीना पनि सामान्य घाईते भएकी छिन् । उनीहरुले स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ । भूकम्पका कारण चर्कीएको घर केहि दिन देखि परेको पानीले भत्किएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१