छिमेकी राष्ट्र चीनमा बिषेश गरी चिकित्साको क्षेत्रमा नयाँ– नयाँ कमालहरु भएको हामीले सुन्दै आएका छौ । कहिले हातमा नाक कहिले काटिएको हात खुट्टामा जोडिएको आदि । तर हालै अर्काे छिमेकी राष्ट्र भारतमा पनि चिकित्सकहरुले अनौठो अभियानलाई असफल पारेका छन् । भारतमा चिकित्सकहरुको एक समुहले हातमै कान उमारेर चमत्कार गरेका छन् । दिल्लीको लोक नायक जय प्रकाश अस्पताल (एलएनजेपी)को प्लास्टिक एंड बर्न सर्जरी विभागका चिकिस्तकहरुको समुहले यस्तो चमत्कार गरेका हुन् । विभागका सर्जन डा पीएस भंडारीले बिरामीको देब्रे हातमा उमारिएको यो कान कृत्रिम कान हो । यसका लागि उनीहरुले छातीबाट छालाको साथै करंग पनि निकालेका थिए। त्यसपछि उनीहरुले कानको फ्रेमवर्क बनाएर हातमा कान उमार्न सफल भएका हुन् ।
यसरी भयो कान उमारिने अभियान
पहिलो चरण :- छातीबाट तीस करंग निकालेर मेशीनको मद्दतले कानको फ्रेमवर्क बनाईयो ।
दोस्रो चरण : – शुरूमा कोषलाई बढाउने इंजेक्शन हातमा लगाईयो र कानको फ्रेमवर्कमा त्यहाँ जोडियो ।
तेस्रो चरण :- कान तयार भएपछि सो कानलाई निकालेर कान हुने स्थानमा राखिने छ ।
यो प्रयोग २२ बर्षको एक युवकमा गरिएको हो, जसको दुवै कान जलेको थियो ।
प्रतिक्रिया