बीरगञ्ज, १७ साउन । एक युवतीको विषयलाई लिएर २ प्रहरी अधिकृतहरुबीचको सम्बन्ध चिसिएको छ । बीरगञ्जका व्यापारी रामजी सिकारीयाका छोरा आकाश सिकारीया र उनकी प्रेमिका यूरिका दाहालबीचको लफडालाई लिएर महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय पर्साबीच विवाद बढेको हो । सिकारीया र दाहालले लामो समय प्रेम गरे । दाहालका लागि सिकारीयाले मोटो रकम खर्च पनि गरे । तर पछि सम्बन्ध बिग्रिएपछि समस्या सुरु भयो । किनकी दाहाल पहिले नै विवाहित थिइन् । सिकारीयासँग उनको रमझमको सम्बन्ध मात्र थियो । पछि परिवारमा समस्या भएपछि सिकारीयाले उनलाई गाली गर्दै एसएमएसहरु पठाउने थाले । त्यही विषयलाई लिएर युवतीले महानगरीय अपराध महाशाखामा उजुरी हालिन् । उता आफुविरुद्ध उजुरी गरेको थाहा पाएपछि सिकारीयाले पर्सा प्रहरी कार्यालयमा उजुरी गरे । प्रेमको नाममा दाहालले १ करोड सात लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै उजुरी गरे । गर्लफ्रेण्डलाई गिफ्टका रुपमा दिएका सबै सामान ठगी गरेको भन्दै उनले फिर्ता मागे । महाशाखाले सिकारीयाविरुद्ध उजुरी लिएर अनुसन्धान गरीरहेकै बेला पर्सा प्रहरीले युवतीलाई भने पक्राउ गरेर लग्यो । जसकारण दुई प्रहरी कार्यालयबीच विवाद बढेको हो ।
युवतीले व्यापारी सिकारीयासँग पैसा लिएको देखिन्छ । तर, प्रेमिले प्रेमिकालाई दिएको पैसा पछि सम्बन्ध बिग्रिएपछि उठाउने काम प्रहरीको हो ? धेरैले पर्सा प्रहरीमाथि यस्तो प्रश्न गर्न थालेका छन् । व्यापारी सिकारीयाले पैसाकै भरमा प्रहरी किनेका त हैनन् ? किनकी युवतीका बुबा तथा भाईलाई समेत यतीबेला प्रहरीले थुनामा राखेको छ । बुबाको नाममा समेत पैसा पठाएको र त्यहीकारण उनीहरुलाई समेत प्रहरीले अभियुक्त बनाएको छ । सुरुमा आकाशले नै युवतीलाई प्रेम प्रस्ताव राखेको र उनी नै प्रेममा परेर पैसा दिएको देखिन्छ । तर पछि सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन उनले प्रहरीको प्रयोग गरेका थिए । यो प्रकरणमा दुवै पक्ष दोषि देखिएको छ । त्यस्तै दुवै प्रहरी कार्यालय पनि एक अर्काको पक्ष लिएर अनुसन्धान गर्दै आएको पनि खुलेको छ । उक्त घटनालाई लिएर अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र पर्साका एसपी दिवेश लोहनीबीच समेत सम्बन्ध चिसिएको स्रोत बताउछ । -दृष्टिबाट
प्रतिक्रिया