‘हट’ प्रियंकासँग ‘सोझी’ नम्रताको लडाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार ११:२२

कतारमा आयोजना हुन लागेको आठौ नेफ्टा फिल्म अवार्डका लागि उत्कृष्ट ५ मा पर्न सफल फिल्मीकर्मी र फिल्मको नाम सार्वजनिक गरिएको छ । नेपालकै बहुप्रतिक्षित अवार्डको रुपमा रहेको नेफ्टा अवार्डमा यसपटक पनि चर्को भिडन्त हुने देखिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ६ जना जुरीले अवार्ड संयोजक शिव पुरीलाई मनोनयन हस्तान्तरण गरेका थिए । जुरीका तर्फबाट बोल्दै संयोजक नारायण पुरीले जुरी विच विभिन्न मत भिन्नता रहेपनि सुक्ष्म अध्ययन गरेर मनोनयन सार्वजनिक गरिएको बताए ।

priअर्का जुरी भरत शाक्यले अवार्डमा फिल्म हेर्दा नेपाली फिल्मको विकास भएको आभाष भएको बताए । उनले संवाद, लेखनमा अझै मिहिनेत गर्नुपर्ने बताए । अवार्डका संयोजक शिव पुरीले आफ्नो टिम र जुरीको सहयोगले नेफ्टा अवार्ड यहाँसम्म आइपुगेको बताएका थिए । अध्यक्ष मनोज केसीले आफूहरुले नेपाली फिल्मको विकासका लागि नै अवार्ड आयोजना गर्दै आएकाले चित्त नवुझेका कुरा अगाडि आएर भन्न र पछि बसेर कुरा नकाट्न आग्रह गरे । नेफ्टा अवार्डमा यसबर्ष ३३ वटा विधामा प्रतिस्पर्धा हुनेछ । साथमा पपुलर नायक, नायिका र फिल्मलाई पनि अवार्ड प्रदान गरिनेछ । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गर्दै नेफ्टाले कतारमा यो बर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टाले नेपालबाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१