वृक्षारोपण अभियानमा पर्यटकको पनि साथ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १०:४२

चितवन, १७ साउन । चितवनको पर्यटकिय नगरी सौराहामा लायन्स र लियोले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गो ग्रिन प्लान्टेशन अभियानमा लागेको लायन्स र लियोले यहाँ आज वृक्षारोपण गरेको हो । सौराहामा गएको १५ दिनदेखि अभियान चलिरहेको छ । उनीहरुको अभियानमा पर्यटकले समेत साथ दिएका छन् । कार्यक्र लायन्स क्लवअफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ वी २ का प्रथम भाईस गभर्नर घनश्याम भट्टराईले उद्घाटन गरे । उनले सौराहा पर्यटकिय क्षेत्र भएकाले चराहरुले खाने खालको विरुवा लगाई लायनको कोरिडोर बनाउनु पर्ने बताए ।
सौराहालाई हरियाली नगरी बनाउन र बातावरण स्वच्छ राख्ने उद्देश्यले रुख रोप्ने कार्यलाई तिब्रता दिएको लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाश भट्टराईले बताए ।
touअभियान अझै जारै राख्ने लायन्स क्वल अफ चितवन सौराहाका सचिव लायन शीरलाल परियारले बताए । पर्यटकले समेत अभियानमा साथदिएको भन्दै उनले खुसी व्यक्त गरे । सौराहामा रहेको लायन्स क्लव, लियो र जेसीज रुख रोप्ने अभियानमा सक्रिय छ । आज शनिवार पारेर लायन्स र लियोले संयुक्त कार्यक्रम गरेका हुन् । सौराहा स्थित जनकौली सामुदायिक वन, सौराहा बजार तथा विभिन्न खाली चौरमा गरेर गएको १५ दिनमै ५ सय बढी विरुवा रोपिएको जनाईएको छ । लायन्सले ‘एक लायन एक विरुवा’ रोप्ने कार्यक्रम पनि संगसँगै चलाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१