बागलुङमा निमार्णधिन कभर्डहल सहित करिव २ रोपनी जमिन भासियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १०:३१

नारायण रिजाल
बागलुङ, १७ साउन । बागलुङ नगरपालिका १ रामरेखा स्थिति निर्मामाधिन तेक्वान्डोको कभर्डहल सहितको बाङगेचौर खेल मैदान वरिपरिको जमिन भासिएको छ । लगातार आएको बर्षाको कारण विहिबार राति भासिएको स्थानियहरु बताउँछन । । अविरल परिरहेको बर्षाको कारण सदरमुकामबाट बगेको पानी सोही स्थानबाट बग्ने गरेको थियो । तेक्वान्डोको निमार्णधिन भवनका ६ वटा पिल्लर ,पर्खाल र करिव २ रोपनी जमिन भासिएको छ । साथै उक्त स्थान वरपरिको जमित समेत चर्केको छ ।
जमिन चर्के सगै जुन सुकै समयमा पनि पहिरो जान सक्ने हुदा पाच सय मिटर तल रहेको पोखरा बागलुङ सडक र नजिकै रहेका खेलकुद मैदान समेत जोखिममा परेको छ । सो स्थानमा बागलुङ नगरपालिकाको ४ लाख र खेलकुद बिकास समिति लगाएको १ लाख ५० हजार गरि ५ लाख ५० हजारमा तेक्वान्डोको कर्भडहल निमार्णाधिन अवस्थामा रहेको थियो । करोडै लाग्ने गरि निमार्ण थालिएको कर्भडहलको भवन निमार्ण कार्य भइरहेको समयमा भासिएपनि खेलाडि लगाएत अन्यलाई ठुलो क्षेती पुगेको खेलकुद समितिका पुर्व उपाध्यक्ष धर्मराज शर्माले बताए । जमिन भासिएकोले निमार्ण हुने वा नहुने अवस्थामा पुगेको र निमार्ण भएमा पुन लाखौ रकम खर्च लाग्ने उनले बताए । निरन्तर बर्ष भएपछि जमिन भासिएको र यसले भोलिका दिनमा ठुलो क्षेती पुयाउन सक्ने स्थानियले बताएका छन । जमिन भासिए पनि त्यहा हेर्ने मानिसको घुइचो लागेको थियो । बजार क्षेत्रको पानी बग्ने स्थान भएको र जमिन पनि भिरालो भएको अवस्थामा जमिन भासिएको हुन सक्ने स्थानिय अजुर्न खत्रीले बताए ।

maबिगतका समयमा बागलुङमा आउने सडक खन्ने क्रममा बमहरुको प्रयोग गरिएको र त्यसले गर्दा जमिनमा असर पुगेको समेत खत्रीले बताउँछन । के कारणले जमिन भासिएको भनि बागलुङ नगरपालिका प्रमुख सहित इन्जिनियरहरुको टोलि त्यहा पुगेर अध्ययन गरेका छ ।
अत्याधिक मात्रामा बगेको पानीले जमिन भासिनुका साथै चर्कीएको हुदा यहाभन्दा तल जुनसुकै समयमा पनि पहिरो जानसक्ने अवस्थामा रहेको बागलुङ नगरपालिका कार्यकारी अधिकृत हरिदत्त कडेलले बताए सोही स्थानहुदै बग्ने पानीलाई अन्यत्र स्थानबाट बगाउने गरि तयारी थालिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन र सघं बागलुङ बिच एकिकरण नेपाल निजामति कर्मचारी युनियन र सघं बागलुङ बिच आज एकिकरण भएको छ । बिगत दुई वर्ष अगाडि बिभाजित भएका युनियन र सघं बिच एकिकरण भई नेपाल निजामति कर्मचारी युनियन सघं बागलुङ भएको छ । निजामति कर्मचारीहरुको पेशागत हकहित र भावनात्मक एकतालाई सुद्धिढ गर्नको लागि दुई सस्थाबिच एकिकरण गरिएको बताइएको छ । एकिकरण पश्च्यात १६ सदस्यीय नया कार्यसमिति समेत घोषणा गरिएको छ ।
नया समितिको अध्यक्षमा देव शर्मा आचार्य ,सह अध्यक्षमा दुर्गा प्रसाद शर्मा तथा अन्य सदस्यहरुमा महेन्द्र पौडेल, टिकादेवी रिजाल,आनन्द प्रसाद शर्मा,लक्ष्मि गौतम, रनबहादुर क्षेत्री,पुर्ण प्रसाद सापकोटा रहनुभएको छ । त्यसैगरि अन्य सदस्यहरुमा बलराम भुजेल,हेमन्त रिजाल,पहलमान थापा,रबिन्द्र बिक ,शशिधर रिजाल,श्रीराम पौडेल,प्रकाश सुबेदी,कृष्णप्रसाद शर्मा रहनुभएको छ भने १६ सदस्यि सल्लाहाकर समिति समेत गठन गरिएको छ । नेपाल निजामति कर्मचारी युनियनका पुर्व केन्द्रिय सदस्य कमलराज पौडेलले नया कार्यसमितिको नामावलीको जानकारी दिनुभएको थियो । एकिकरण घोषणा कार्यक्रममा बोल्दै नेपाली काग्रेसका कार्यबहाक सभापति जगदिशचन्द्र उपाध्यायले बिगतका समयमा समान्य असहमतिका बिच छुटिएपनि आगामी दिनमा एकबद्ध भएर अगाडि बढदै जानुको बिकल्प नभएको बताउनुभयो । उहाले बिभिन्न चुनौतिलाई सामना गर्दै अन्य सस्था भन्दा माथि भइ काम गर्दै जानुपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१