आकाशबाट खिचिएका १० अजीब तस्बिर (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार ०७:२१

पृथ्वीका दृश्यहरु धेरै उचाइबाट हेर्दा कस्तो देखिएला? डेलि ओभर भ्यु नामक एक प्रोजेक्ट मार्फत बेन्जामिन ग्रान्टले इन्स्टाग्राम एकाउन्टमा दैनिक स्टलाइटबाट खिचिएका तस्बिरहरु सार्वजनिक गर्छन। यी तस्बिरहरुमा जमिनका अचम्मका अनि आश्चर्यजनकका दृश्य कैद गरिएका छन्।

बेन्जामिनको यो ट्वीटर एकाउन्टमा ४०,००० भन्दा बढी फलोअर्स छन्। उनले केही तस्बिहरु आफ्नो वेबसाइटबाट बेच्ने पनि गरेका छन।

हेर्नुहोस् यी तस्बिरहरु,

अष्ट्रेलिया को सिड्नी स्थित बोन्डी समुन्द्री किनारा

Ariel View Earth 1

उताहको मोब पोटाश तलाउ, यो तलाउमा नुनको मात्राले यस्तो रंग देखिन्छ।

Ariel View Earth 2
भर्जिनियाको लाम्बार्ट पोइन्ट पियर ६, उत्तरी गोलार्धकै सबैभन्दा ठुलो कोइला भण्डारण गर्ने स्टेसन हो यो।

Ariel View Earth 3

न्युयोर्कको सेन्ट्रल पार्क, म्यानह्याटन आइल्याण्डको करिब ६ प्रतिशत भुभाग ओगट्ने यो पार्क ८४३ एकड क्षेत्रफलमा फैलिएको छ।

Ariel View Earth 4

क्यालिफोर्नियाको साउदर्न क्यालिफोर्निया लजिस्टिक एयरपोर्टः यहाँ १५० भन्दा बढी पुराना विमानहरु राखिने गरिएको छ।

Ariel View Earth 5

भारतको उत्तम नगरको अत्याधिक जनघनत्व

Airel View Earth 6

सिङ्गापुरको बन्दरगाहा- यो विश्वको दोस्रो व्यस्त बन्दरगाहा हो।

Airel View Earth 7

दुबइ स्थित सडकको इन्टरचेन्ज, यो सन् २००६ बाट बनाउन सुरु गरिएको थियो।

Airel View 8

स्पेनको कोरडोबामा जैतुका रुखहरु, यहाँ ९० प्रतिशत जैतुलाइ तेलको रुपमा प्रयोग गरिन्छ।

Ariel View 9

फ्रान्सको पेरिस स्थित आर्क डे ट्रियोम्फिलाइ बनाइसक्न ३० वर्ष लागेको थियो।

Ariel View 10

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१