एनआरएनए थाईल्याण्डमा चरम विवाद, के छ त त्यस्तो गुट बन्दि एनआरएनए थाईल्याण्डमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७२, शनिबार २०:५६

nrna conflict

ध्यान राई, रमेश राज जोशी ।
बैंकक, थाईल्याण्ड ।

आज एनआरएनए थाईल्याण्डको चरम विवादका बाबजुद निर्वाचन हुने निश्चित भएको छ । निर्वाचनमा अध्यक्ष खगेन्द्र राज ढकाल नै निर्वाचित हुनेछन्, किन कि उनको प्रतिद्वन्दी कोहि पनि छैनन् । उपाध्यक्षमा पाँच जनाको स्थानमा छ जनाले उम्मेदवारी घोषणा गरेको छन् । यहि छ जना मध्ये बाट १ जना फ्याकिनु पर्ने छ । त्यसमा को फ्याकिने हो ? अहिलेनै त्यसको आकलन गर्न कठिन हुने छ । अन्य पदाधिकारीहरुको हकमा उम्मेदवार घोषणा गर्ने जति सबै नै निर्वाचित हुने छन् ।

सम्भवत: उपाध्यक्षमा फ्याकिनेमा सुमन अधिकारी हुनेछन्, सुमन अधिकारी उपाध्यक्षबाट फ्याकियो भने त्यो नयाँ कुरो हुने छैन । कारण एनआरएनएका पदाधिकारीहरुले अधिकारीलाई सुनिल खड्काको गुटको भनि बारम्बार आलोचित हुदै आएका छन् ।

Screenshot-2015-07-29-22.37.06

के छ त त्यस्तो गुट बन्दि एनआरएनए थाईल्याण्डमा ?
अहिले को विवाद भर्खरै को विवाद भने पटक्कै होइन, तर अहिले यसले चरम रुप लिएको मात्र हो । सन् २००७ बाट थाईल्याण्ड मा ब्यबसाय गर्दै आएका सुनिल खड्का २००९ तिर एनआरएनए थाईल्याण्डका सदस्यता लिए, त्यसको लगत्तै एनआरएनए थाईल्याण्डको चुनाबमा मनोज रानाको नेतृत्वमा एनआरएनएको नया कार्यसमिती गठन भयो, यो कार्यसमितीमा अध्यक्ष मनोज राना, महासचिब मा मिलन घिमिरे र सचिबमा सुनिल खड्का रहेका थिए । कार्यसमिती गठन भएको केहि महिना पनि नबित्तै मिलन घिमिरे र सुनिल खड्काबीच बारम्बार मनमुटाब र खटपट चलिरह्यो, पथैयामा एनआरएनए थाईल्याण्डको बैठक भएको समयमा नै मिलन घिमिरेले आफ्नो पदबाट राजिनामा दिए । त्यहि दिन देखि नै सुनिल खड्का कार्यबाहक महासचिबका रुपमा काम गर्न थाले ।

सुनिल खड्का महासचिव रहेको कार्यसमितीको कार्यकालको समयमा नै खगेन्द्र ढकालले एनआरएनए थाइल्याण्डको सदस्यता लिएका थिए । तत्कालिन कार्यसमितिको कार्यकाल समाप्ती संगै सुनिल खड्काले एनआरएनए थाइल्याण्डको अध्यक्षमा उम्मेदवारी दिने सम्भावना बढेर गएको थियो भने उनकै कार्यसमितिको सहकर्मीहरुले समेत उनलाई साथ नदिने पक्का पक्की भएको थियो । सुनिल खड्काको चर्को बिरोध गर्नेमा राजीनामा दिने महासचिव मिलन घिमिरे र केदार प्रसाद तिमल्सीना तथा उनका सहयोगीहरु थिए । अन्ततगोत्वा त्यस समयको निर्वाचनको पूर्बसन्ध्यामा हिमालयन रेसिडेन्समा बसेको तात्कालिन बैठकमा निवर्तमान अध्यक्ष तथा एन सी सी प्रतिनिधि रमेश हमालले तयार गरेको २०१३-२०१५ को लागि तयार गरेको सम्भावित पदाधिकारीहरुको नामावली पेश गर्दा गर्दै सुनिल खड्काले एकतर्फि निर्णयको बिरोध गर्दै सो कार्यपत्र नै च्याती दिएका थिए । तत्पश्चात सुनिल खड्काले राजीनामा दिदै आगामी कार्यकालमा आफु सहयोग मात्र गर्ने र नयाँ कार्यसमितिलाई सक्दो सहयोग गर्ने भन्दै बाहिरिएका थिए ।

खगेन्द्र ढकालको अध्यक्षतामा २०१३ मा नयाँ कार्यसमिति गठन भयो । महासचिव केदार तिमिल्सिना भए । केदार तिमिल्सिना र सुनिल खड्का एक समयमा ब्यापारीक साझेदार हुन् । आपसी ब्यक्तिगत झगडालाई अन्ततोगत्वा एनआरएनए थाइल्याण्डमा छताछुल्ल हुने गरी पोखे, जुन कुरा नेपालमा एनआरएनएको सम्मेलनमा समेत देखाए ।
थाइल्याण्डबाट आफ्नै खर्चमा एनआरएनए सम्मेलनमा भाग लिन आएका सुनिल खड्कालाई थाइल्याण्डबाट प्रतिनिधित्व गरेर आएका पदाधिकारीहरुले सम्मेलनमा प्रबेशमा नै रोक लगाउने तथा गुटबन्दी सम्मको कार्य गरे । यसको लगत्तै सुनिल खड्काले केही सहयोगीको आडमा मातृभूमीकालागि युवा अभियान गठन गरे, अनि राष्टिय सम्मेलन नै गरे ।

नेपालबाट सुनिल खड्का थाइल्याण्ड फर्के पछि भने उनले एनआरएनए थाइल्याण्डको चर्को बिरोध गर्न छाडेनन्, भने सभापति खगेन्द्र राज ढकाल तथा तत्कालिन समूहले एनआरएनए गतिबिधिलाई अगाडी बढाउन छाडेनन् । पहिलो एक बर्ष अत्यन्तै राम्रो गरी एन आरएनए थाइल्याण्डले कार्यक्रमहरु अगाडी बढाउन सफल भए पनि पछिल्लो समयमा अपेक्षा गरे अनुसार खासै प्रभावकारी कार्य भएको देखिन्दैन । नेपाल दूतावासका कार्यकारी राजदूत डोरनाथ अर्यालले एनआरएनए थाइल्याण्डलाई काधमा नै बोकेर अगाडी बढाउन सहयोग गरेको हो भन्नुमा कुनै दुईमत छैन् ।

२०१३ –  १५, कार्यबधिको उत्तरार्धमा एनआरएनए थाइल्याण्डले सुस्ताउनको पछाडी तत्कालीन महासचिव क्यानाडामा स्थानान्तर हुनु, उपाध्यक्ष दिलबहादुर थापाको मृत्यूहुनु, कोषाध्यक्ष तामाड जेल पर्नु जस्ता कारणहरु प्रमुख रहेको देखिन्छ । तथापी एनआरएनए थाइल्याण्डले भुकम्प पिडित तथा बाढी पिडितहरुको लागि सहयोगकोलागि हात अगाडी बढाउन कहिल्यै पछि हटेन ।

अधिकांश राम्रो कार्यहरुको बिच पनि अध्यक्ष ढकाल बिबादमुक्त भने रहेनन् । उनको प्रमुख कमजारी भनेको झट्ट हेर्दा गुटबन्दी झै देखिन्छ । आफ्ना बरीपरि रहनेहरु भन्दा बाहेक रहेका, आफ्ना बिरोध गर्नेहरु, आलोचना गर्नेहरुलाई उनले कहिल्यै पनि समेट्ने प्रयास गरेको देखिन्दैन । त्यसैको परिणाम हुन सक्छ, यस पटकको कार्यसमितिमा खासै नयाँ अनुहारहरु नआउनुको मुख्यकारण ।

अव के हुन सक्छ एनआरएनए थाइल्याण्डमा

यसपटकको  एनआरएनए थाइल्याण्डको निर्बाचनले जे जस्तो परिणाम आए पनि सुनिल खड्काको समुहले समानान्तर एनआरएनए थाइल्याण्ड बनाउने पक्का पक्की देखिन्छ । २०० जना भन्दा बढि थाइल्याण्डबासी नेपालीहरुको हस्ताक्षर संकलन गर्न सक्ने क्षमता भएकाले पक्कै पनि जम्वो कार्यसमिति नवनाउलान भन्न सकिन्न् । यदि समानान्तर कार्यसमिति गठन भएको खण्डमा दुवै पक्षले एनआरएनए केन्द्रीय कार्यलयमा आधिकारीकताकोलागि भने पक्कै लबिङ्ग हुने छ, र केन्द्रीय कार्यसमितिले मिलेर जानु भन्नुको शिवाय अर्को निर्णय दिन सक्दैन, र अन्त्यमा दुवै समुह पुनः एक पटक मिल्नुको बिकल्प रहन्न । त्यस समयमा खगेन्द्रराज ढकाल समूहको हार तथा सुनिल खड्का समूहको सांकेतिक जीत भएको भन्नुमा दुई मत हुदैन ।

यदि यसो नभएको खण्डमा दुई समानान्तर एनआरएनए थाइल्याण्डले अन्य नेपाली संगठनहरुलाई हात लिनु पर्ने छ । जसले थाई नेपाली संघ तथा श्री भागवत धाम जस्ता संगठनलाई जसले साथ लिन सक्छ, उसैको एनआरएनए थाइल्याण्ड अगाडी बढ्न सक्छ, र अर्को बिस्तारै पतन भएर जान सक्छ ।

यदि यसो पनि नभएको खण्डमा दुवै एनआरएनए थाइल्याण्डको अस्तित्व नरहन पनि सक्छ, एनआरएनए थाइल्याण्ड को स्थान थाई नेपाली संघले नलेला भन्न सकिन्न ।

साभार – दैनिक पोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१