बिरालो बन्यो कम्पनीको म्यानेजर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७२, शनिबार ११:३८

के तपाइँले कहिल्यै कुनै बिरालो कम्पनीको म्यानेजर बनेको सुन्नुभएको छ ? सायद नयाँ नयाँ चुनौतिहरुको सामना गर्नुपर्ने अहिलेको प्रतिस्पर्धी युगमा कुन मुर्ख मालिकले पशु बिरालोलाई आफ्नो कम्पनीको म्यानेजर बनाउला र ? तर आखिर मानिसको मन न हो । लहड चलेपछि जे पनि गर्दो रहेछ । रोमानियाको एक नाम चलेको कम्पनीमा म्यानेजरको रुपमा बिरालो नियुक्त भएको छ । क्याटबक्स नामक अनलाइन सपिङ कम्पनीले बिरालोलाई म्यानेजर बनाएको हो । कम्पनीले आफ्नो साइटमा म्यानेजर बिरालोका थरिथरिका फोटोहरु पनि पोष्ट गरेको छ ।

बिरालोलाई म्यानेजरमा नियुक्त गरेसँगै कम्पनीको आयआर्जनमा वृद्धि भएको तथा मानिसहरुलाई मनोरन्जन पनि प्राप्त भएको दाबी कम्पनीको छ ।आखिर म्यानेजर जस्तो उपल्लै स्तरको पद दिएपछि तलब पनि त दिनुपर्यो । कतै तलब दिनुनपर्ने भएकोले बिरालोलाई म्यानेजर बनाएको पो होकी ? भन्नुहोला । तर होइन, यो बिरालोलाई मासिक तलब तथा भत्ता गरेर २ सय १६ डलर अर्थात् झण्डै २२ हजार रुपैयाँ दिने गरिएको छ ।

अझ रोचक कुरा त के भने यो बिरालोलाई जति तलब दिइन्छ त्यसको एक चौथाइ हिस्सा त उसले आफ्नो खानपानमै खर्च गर्दछ । अरु बँचेको तलब उक्त बिरालोले आफ्नो मालिकलाई दिने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१